फिल्म ‘खेल’को ट्रेलर सार्वजनिक

Image

सुरक्षा पन्त स्टारर सस्पेन्स थ्रिलर फिल्म ‘खेल’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरू पन्त बाहेक मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटालाई चित्रण गरिएको छ ।

नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा कथा आधारित छ । यो ट्रेलरमा शिक्षकले विद्यार्थीहरूलाई काठमाडौंको इतिहास पढाउँदै गरेका छन् भने केही अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषयहरू पनि छन् । पुराना कलाकृति र शिलालेखहरूको दृश्यहरू छन् । साथीहरूबीचको मित्रता र असमझदारी दुवै देखाइएको छ । उनीहरू लुडो र अन्य खेलहरू खेलिरहेका छन् ।

फिल्मलाई सिरुपाते कट्स प्रालिको व्यानरमा लुइसराज महर्जन र आशिषराज महर्जनले निर्माण गरेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका हुन् । ‘खेल’ वैशाख १२ गतेदेखि प्रदर्शन तयारीमा छ ।