संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

Image

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ।

संसद् सचिवालयका अनुसार सभापति पदका लागि पराजुलीको मात्रै उम्मेदवारी परेको हो । बुधबार हुने निर्वाचनका लागि पराजुलीको प्रस्तावकमा मोहन आचार्य रहेका छन् भने निशा डागी, पुष्पराज कँडेललगायत सांसद समर्थक रहेका छन् ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी तथा विपद्का साथै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र जलवायु न्यायका विषयमा अध्ययन तथा आवश्यक सुझाव दिन संसदीय विशेष समिति गठन गर्न लागिएको हो ।