गत चैत ४ गते काठमाडौँको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको विदेशी मुद्राका मालिकको पहिचान भएको छ ।
राजश्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको हो ।
प्रहरीले दुई साताको अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक पौडेल भएको खुलेको हो ।
यसअघि सुन तस्करीमा समातिएका थिए २५ करोड रुपैयाँसहित पक्राउ परेका लामा













