मलेसियाबाट नेपाल आउँदा विमानस्थलबाटै पक्राउ परिन् एक महिला

Image

रेड नोटिस जारी भएकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-६ सात धुरे दरवारमार्गकी ३० वर्षीया विन्दु परियार रहेकी छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेकी उनलाई नेपाल फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा पक्राउ गरिएको हो ।

उनको एकजना पुरुषसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा रहन गई विवाह गर्ने योजना बनेको थियो । त्यस क्रममा सम्बन्धमा दरार हुन गएपश्चात् उनले पुरुषको फेसबुक प्रोफाइल नामसँग मिल्दो नाम र फोटो प्रयोग गरी फेक आइडी बनाई प्रेमी, प्रेमीको श्रीमती लगायत नजिकका आफन्तहरूको समेत निरन्तर रूपमा चरित्र हत्या गरेपछि पीडितले ब्यूरोमा उजुरी दिएका थिए ।

उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा २०८० पुस ३ गते मुद्दा दर्ता भएको थियो । अदालती कारबाहीका लागि आजै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।