हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा १९ वर्षीया युवती पक्राउ

Image

हुण्डीमार्फत् अवैध रूपमा रकम कारोबार गरेको आरोपमा एक युवती काठमाडौंको न्युरोड क्षेत्रबाट पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१० वागडाँडाकी १९ वर्षीया करिना देवकोटा रहेकी छन् ।

प्रहरीले काठमाडौँ महानगरपालिका-२२ न्युरोडस्थित हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले हुन्डी कारोबारमा संलग्न भएकै अवस्थामा देवकोटालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकी देवकोटाको साथबाट प्रहरीले नगद ९ लाख रूपैयाँ, ६ लाख रूपैयाँको चेक एक थान र एक थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेकी देवकोटामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।