अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ ।
पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
नेपाली बजारमा सोमबारको तुलनामा आज प्रतितोला ६ हजार ९०० रुपैयाँले सुनको मूल्य बढेको हो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ ।
अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।