बुधबार सुनको मूल्य तोलामा सात हजार ५०० रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला एक लाख ९७ हजार ९०० पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज घटेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार ४०० मा कायम भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।