६० हजार अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट एक महिला पक्राउ

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ परेकी छन् ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ क्षेत्रबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको उक्त रकमसहित भारतीय नागरिक पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा ४० वर्षीया सोनी गुरुङ छिन् ।

उनलाई विमानस्थल प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो । उनी इन्डिगो एयरको उडानमार्फत भारतको दिल्ली जाने क्रममा पक्राउ परेकी हुन् ।

प्रहरीका अनुसार, उनको सुटकेसमा प्याग गरिएको अवस्थामा डलर फेला परेको हो । गुरुङमाथि अनुसन्धान गर्न प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाएको छ ।