भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (भोलि) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

“भोलिको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ,” नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भने ।

शुक्रबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । बजेट अधिवेशनमा शिक्षा र निजामती विधेयक पनि अघि बढाइने तयारी रहेको नेताहरूले बताएका छन् ।