एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

Image

शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार कायम भएको छ । अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।