संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो । तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज थाइल्यान्ड भ्रमणबाट फर्किंदै छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाक पुगेका छन् ।

दुवै नेता सदनमा अनुपस्थित हुने भएपछि ओलीको सम्बोधन स्थगित भएको बताइएको छ ।

आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।