बद्री केसी समूहको सहभागिताबिनै एनआरएनको एकता महाधिवेशन, अध्यक्ष बने महेश

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको नेतृत्व विवाद झन् चुलिँदै गएको छ ।

शनिबार सम्पन्न भेलाबाट शेष घले नेतृत्वको पहलमा महेश श्रेष्ठ अध्यक्ष रहने गरी नयाँ कार्यसमिति चयन गरिएको छ । तर, डा. बद्री केसी नेतृत्वको वर्तमान कार्यसमितिले उक्त प्रक्रियालाई पूर्णतः अस्वीकार गर्दै सहभागीसमेत नभएको जनाएको छ ।

एकता महाधिवेशनका नाममा गरिएको उक्त भेलाले कांग्रेस निकट नेता श्रेष्ठलाई निर्विरोध अध्यक्ष घोषणा गरेको छ । श्रेष्ठ यसअघि भएको १०औं महाधिवेशनमा डा. बद्री केसीसँग पराजित भएका थिए ।

त्यस निर्वाचनमा आरके शर्मा दोस्रो र श्रेष्ठ तेस्रो स्थानमा सिमित भएका थिए । तर, पछिल्लो घटनाक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रत्यक्ष संलग्नता र दबाबमा श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष बनाइएको भन्दै अर्को पक्षले तीव्र असन्तुष्टिसहित पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

काठमाडौँको हायात होटेलमा आइतबार श्रेष्ठको अध्यक्षतामा घले समूहले घोषणा गरेका पदाधिकारीहरुलाई आजै शपथग्रहण तथा प्रमाणपत्र वितरण गर्ने तयारी छ ।