पोर्चुगलले १८ हजार आप्रवासीलाई निष्कासन गर्ने, नेपालीलाई के असर पर्छ ?

Image

पोर्चुगलले अनुमति बिना देशमा बसिरहेका १८ हजार विदेशी नागरिकहरुलाई देश निकाला गर्ने भएको छ ।

पोर्चुगलको काम चलाउ सरकारले आम चुनावको अभियान चलिरहेको बेला यस्तो निर्णय गरेको एक मन्त्रीले शनिबार बताएको समाचार संस्था एपीले बनाएका छन् । यसलाई विपक्षी दलहरूले चेगा पार्टीको मतदाता आकर्षण गर्ने रणनीति भनेका छन् । चेगा पार्टीले पोर्चुगलको खुला बसाइसराइ नीतिको लगातार विरोध गर्दै आएको छ ।

सरकारका एक मन्त्री एन्टोनियो लिताओ अमारोले लगभग १८ हजार गैरकानुनी रुपमा बसिरहेका विदेशीहरुलाई सरकारले देश छाड्न सूचना दिने बताए ।

यसको सुरुवात सोमबारदेखि हुने समाचारमा जनाइएको छ । पहिलो चरणमा ४ हजार ५७४ जनालाई २० दिनभित्र देश छोड्ने निर्देशन सूचना पठाइनेछ । यसलाई ‘स्वनिष्कासन’ को रूपमा लिइएको जनाइएको छ ।

पोर्चुगलमा आउँदो मे १८ मा आम चुनाव हुँदैछ । त्यहाँका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले संसदमा बहुमत गुमाएपछि राजीनामा दिएर आमचुनाव घोषणा गरेका थिए ।

पोर्चुगल सरकारको २०२३ को आँकडा अनुसार, करिब १५ हजार नेपाली पोर्चुगलमा कानूनी रूपमा बसोबास गरिरहेका छन् । यो संख्या हालैको वर्षहरूमा नेपालीहरूको युरोप प्रतिको बढ्दो रुचि र पोर्चुगलको पहिलेको ‘खुला बसाइसराइ नीति’ को कारण तीव्र भएको हो ।

हालैको २० दिनमा देश छोड्ने आदेशले अवैध वा कागजात नभएका नेपालीहरूलाई प्रभाव पार्न सक्ने सम्भावना छ ।