नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा अडिएको छ ।
सेन्सेटिभ इण्डेक्स ०.२८ प्रतिशतले घटेर ४४०.२५ विन्दुमा आइपुगेको छ। नेप्से घट्दा कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ ।
यसदिन ३१९ स्क्रिप्सको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६९३ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन आइतबार ९ अर्ब माथिको सेयर कारोबार भएको थियो ।
यसदिन चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । नेपाल माइक्रो इन्स्योरेन्स,ओम मेघाश्री फरमाक्युटिल्स,सिटीजन्स सुपर ३० म्युचुअल र क्रेष्ट माइक्रो लाइफको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । मकर जितुमाया सूरी हाइड्रोपावरको सेय ९।३० प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ७६ करोड ५८ लाख मल्य बराबरको सेयर कारोबार भयो । नगदी ग्रुप पावरले ५५ करोडको सेयर कारोबार गर्दा सानिमा माइ हाइड्रोपावरको ४८ करोड, युनिभर्सल पावरको ४७ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलमेन्टक ३७ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
तीन समूहको उपसूचक बढ्दा १० वटा समूहको उपसूचक नकारात्मक देखिएका छन् । माइक्रोफाइनान्स, म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्सबाहेक अन्यको उपसूचक राताम्मे देखिएका हुन् । कारोबारमा आएकामध्ये ८६ स्टक्सको मूल्य बढ्दा १५९ वटाको घट्यो । १ स्टकको मूल्य भने स्थिर रह्यो ।