बालुवाटारमा नयाँ गठबन्धनका तीन दलको बैठक

नयाँ समीकरणको मोडल तयार गर्न प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी, एमाले र रास्वापको बैठक बसेको बसिरहेको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल, रास्वपाबाट रवि लामिछाने सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमालेसहितका दलसँग नयाँ गठबन्धन अघि बढाएका छन्।

प्रचण्डले आजै चार सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन्।