बाथरुममा लडेर प्रचण्ड घाइते

Image

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति वाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन्। उनको टाउकोमा चोट लागेको छ ।

राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।