जिल्ला प्रहरी परिसर भद्रकालीको गेटबाटै एक जना थुनुवा फरार भएका छन् ।
बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका थुनुवा फरार भएका हुन् ।
सात दिनअघि पक्राउ परेका दोलखाका २४ वर्षीय निशान परियार फरार भएका हुन् । उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो ।
फरार थुनुवाको खोजी सुरु भए पनि पक्राउ नपरेको काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनीमाथि जिल्ला अदालतले अनुसन्धान गर्न पाँच दिन अनुमति दिएको थियो ।













