सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण गर्न लागेको छ । यो प्रणालीले मुटुको स्क्यान चाँडो हेर्न सक्ने भएकाले मुटुमा समस्या छ कि छैन भन्ने चाँडै थाहा पाउन सजिलो हुनेछ ।
अहिले मुटुको स्क्यान हेरेर समस्या पत्ता लगाउन २ देखि ४ घण्टा लाग्छ, तर यो एआई प्रयोग गरेपछि १० मिनेटमै नतिजा आउन सक्छ । वरिष्ठ डाक्टर लोहेन्द्रन बास्करनले मंगलबार सञ्चारकर्मीलाई यसबारे जानकारी दिए ।
यो प्रणाली पहिले परीक्षण गरिएको बेलामा ८५% देखि ९९% सम्म सही नतिजा दिएको थियो । अब यो प्रणाली एक वर्षसम्म अस्पतालहरूमा प्रयोग गरेर त्यसको परिणाम कस्तो हुन्छ भन्ने हेरिनेछ ।
ुसिंगापुर मुटु घाउ विश्लेषकु नाम दिइएको यो प्रणाली सन् २०२५ को तेस्रो चौमासिक (सेप्टेम्बर-अक्टोबरतिर) बाट प्रयोगमा ल्याइनेछ ।
सिंगापुरमा मुटुको समस्या हुने रोग सबैभन्दा धेरै मानिसको ज्यान लिने कारण हो । सन् २०२२ मा आठ हजार ३११ जनाको मृत्यु मुटुसम्बन्धी रोगका कारण भएको थियो, जुन कुल मृत्युमध्ये लगभग ३० प्रतिशत हो ।