तीनकुने घटनामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि पाँच मुद्दा चलाउन प्रहरीले सुझाव दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाईएको प्रतिवेदनमा प्रहरीले उनीविरुद्ध राज्य विरुद्धको कसुरसहितका विषयमा मुद्दा चलाउन राय प्रस्तुत गरेको हो । यस्तै आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दामा अभियोजन गर्न प्रहरीलेसुझाव दिएको छ ।
यस्तै प्रहरीले राप्रपाका दुई नेता उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीले राय दिएको छ ।
बिहीबार बुझाइएको प्रतिवेदनमा पक्राउ परेका १०८ जनालाई प्रहरीले प्रतिवादी बनाउनुपर्ने बताएको छ । प्रतिवेदनमा प्रतिवादी बनाउनुपर्ने भनिएका १८ जना फरार छन् । अन्य केही हाजिर जमानीमा छन् ।














