असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ

Image

जिल्ला प्रहरी कार्यालय कैलालीले असई बनेर रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी-५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापा रहेका छन् । 

उनले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालक मोहन सिंह धामीलाई ठगी गरेको प्रहरीले जानकारी दिएको छ । शनिबार थापाले आफूलाई ब्युरोबाट खटिएको असई भन्दै विगत २-३ दिनदेखि पटक-पटक होटलमा गई रकम माग्दै आएका थिए । 

स्थानीयको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।

Share