यातायातका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

Image

यातायात व्यवस्था कार्यालयका अधिकृत कमलराज गौतममाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

व्यवस्था कार्यालय पर्साका आठौँ तहका अधिकृत गौतमले पदमा बाहल हुँदा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

सरकारी कर्मचारीले वार्षिक रुपमा पेश गर्दै आएको सम्पति विवरणमा समेत गौतमले गलत तथ्यांक राखेको अरोप पत्रमा उल्लेख छ । उनले सम्पतिको आधा हिस्सा श्रीमती सरला नेपालको नाममा राखेको पाइएकोले जफत प्रयोजनको लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

गौतमलाई भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसूरमा कैद सजाय माग गरिएको छ ।