कैलालीको धनगढीमा सोमबार बिहान एक युवती मृत अवस्थामा भेटिएकी छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्ती घर भई हाल धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा बस्ने ३० वर्षीया रेनुका चौधरीको शव सडेको अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार उनी त्यहाँ कोठा भाडामा बस्दै आएकी थिइन् । कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा भित्र युवतीको शव फेला परेको डीएसपी सिंहले बताए ।
बाहिरबाट ताल लगाइएकोले उनको कसैले कर्तव्य गरेको हुनसक्ने प्रहरीको आशंका छ । तालिम प्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सिंहले बताए ।













