एनआरएनए अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यबाट सदस्य पदमा प्रदीप कँडेलको उम्मेदवारी

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यबाट आगामी कार्यकालका लागि प्रदीप कँडेलले सदस्य पदमा उम्मेदवारी दिएका छन् । लामो समयदेखि सामाजिक सेवामा क्रियाशील बागलुङका कँडेल  ‘टिम एकता’  बाट एनआरएनएको सदस्य पदका उम्मेद्वार बनेका हुन् ।कँडेलले दुर्गम गाउँदेखि संकटमा परेका नेपालीहरूसम्म आफ्नो सहयोग पुर्‍याउँदै आएका छन्। उनले सदस्य पदमा उम्मेदवारी दर्ता गराएको जानकारी गराउँदै सम्पूर्ण नेपाली समुदायसँग समर्थन, साथ र सहयोगको अपेक्षा गरेका छन्।

कँडेलले बागलुङ जिल्ला अस्पताल र रेडक्रस शाखाका लागि एम्बुलेन्स खरिददेखि लिएर भूकम्पपीडितलाई राहत वितरणसम्म, उनी नेतृत्वदायी भूमिकामा देखिएका छन्। २०७२ सालको विनाशकारी भूकम्पपश्चात उनले बागलुङका विभिन्न गाउँपालिकाहरूमा खाद्यान्न तथा आवश्यक सामग्री वितरणमा सहयोग पुर्‍याएका थिए।

त्यस्तै बिभिन्न आर्थिक सहयोग अभियानमा संलग्न रही उनले निरन्तर आर्थिक योगदान दिँदै आएका छन्। बालबालिकाको शिक्षामा समेत उनी सक्रिय छन्। व्र्लड भिजन अष्ट्रेलियासँग सहकार्य गरी नेपालका दुर्गम क्षेत्रका बालबालिकालाई आर्थिक सहयोग पुर्‍याउँदै आएका छन्।

त्यस्तै कंडेलले अष्ट्रेलियामा पनि प्रवासी नेपाली संस्थाहरूसँग सहकार्य गर्दै, उनले समुदायभित्र एकता, मेलमिलाप र सहकार्य प्रवर्द्धन गर्ने काममा उल्लेखनीय भूमिका निभाएका छन्।

प्रदीप कँडेलले आफ्नो उम्मेदवारीसँगै आगामी कार्यकालमा प्रवासी नेपालीहरूको विविध पक्षमा काम गर्ने योजनासमेत सार्वजनिक गरेका छन्।

योजना :

  • गैरआवासीय नेपाली संघमार्फत सञ्चालन भइरहेका प्रभावकारी कार्यक्रमहरूलाई व्यवस्थित गरी विद्यार्थी, व्यवसायी, कामदार, अभिभावक लगायत सबैका समस्या समेट्ने र समाधानको नयाँ ढाँचा अघि बढाउने।
  • अस्ट्रेलिया–नेपाल सहायता संयन्त्रलाई ब्रिजको रूपमा विकासगरी दुबै मुलुकबीच सहयोग, लगानी र समन्वय सुदृढ पार्ने।
  • नेपाली संस्कृति र परम्पराको संरक्षणमा विशेष पहल गर्दै नयाँ पुस्ता र आप्रवासी नेपालीहरूमा पहिचानको चेतना फैलाउने।
  • नेपाली व्यवसाय प्रवर्द्धनमा जोड दिई प्रवासी नेपालीहरूलाई आत्मनिर्भरता र व्यवसायिक सशक्तीकरणतर्फ अग्रसर गराउने।
  • नेपाली विद्यार्थीहरूका समस्या शिक्षा, भिसा, रोजगार, मानसिक स्वास्थ्य लगायत क्षेत्रमा गैरआवासीय नेपाली संघमार्फत औपचारिक रूपमा सम्बोधन गर्ने।
  • अभिभावक वर्गलाई सामाजिक रूपमा सक्रिय बनाउने कार्यक्रमहरू सञ्चालन गरी उनीहरूलाई समावेशी र सम्मानजनक भूमिका प्रदान गर्ने।

उम्मेदवारी घोषणा गर्दै कँडेलले प्रवासी नेपालीहरूलाई एकताबद्ध बनाउने र उनीहरूका अधिकार र पहिचानको प्रवर्द्धन बताएका छन् । “एनआरएनएको उद्देश्य आत्मसात् गर्दै प्रवासी नेपालीहरूलाई एकताबद्ध बनाउने र उनीहरूका अधिकार र पहिचानको प्रवर्द्धन गर्ने मेरो अटुट प्रतिबद्धता छ,” कँडेलले आफ्नो उम्मेदवारी घोषणासँगै बताए।