काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन ।
जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन ।
जसका लागि राष्टपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।
यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिइसकेका छन्। बिना बिभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन् ।
प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड
नेकपा एमालेका मन्त्रीहरूः
रघुवीर महासेठ – उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री
पदम गिरी – कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती – रक्षा
भगवति चौधरी – महिला बालबालिका
राजेन्द्र राई– खानेपानी
दामोदर भण्डारी –उद्योग
ज्वालाकुमारी साह– कृषि तथा सहकारी
बलराम अधिकारी – भूमि व्यवस्था
माओवादीका मन्त्रीहरू
नारायणकाजी श्रेष्ठ – उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन– अर्थ
शक्ति बस्नेत– उर्जा
रेखा शर्मा – सुचना तथा सञ्चार
हितबहादुर तामाङ– संस्कृति तथा पर्यटन
रास्वपाका मन्त्रीहरू
रवि लामिछाने– उपप्रधान तथा गृह
डीपी अर्याल– श्रम तथा रोजगार
विराजभक्त श्रेष्ठ– युवा तथा खेलकुद
सुमना श्रेष्ठ – शिक्षा तथा बिज्ञान












