मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा बलात्कार आरोपमा पक्राउ

Image

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार अदालतको आदेशअनुसार झालाई पक्राउ गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।
‘अदालतको अनुमतिपछि हामीले उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं,’ बोहराले बताएका छन्।

प्रहरीका अनुसार, पीडितको जाहेरीका आधारमा अदालतले गत चैत २५ गते नै झाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। पूर्जी जारी भएयता प्रहरीले उनको खोजी गर्दै आएको र सोमबार उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।