उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ

Image

विभिन्न उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ लिएका हुन्।

न्याय परिषद्को साउन २२ गते बसेको बैठकले २७ जना न्यायाधीश नियुक्ति तथा विभिन्न उच्च अदालतमा पदस्थापनका सिफारिस गरेको थियो।