जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट पक्राउ

Image

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा इलामको चुलाचुली गाउँपालिका-३ मिलन चोक बस्ने २४ वर्षीय बिजु सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको छ ।  

बिजुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानेको छ ।

Share