प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढोत्तरी

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४६ विन्दुले बढेको छ । यससँगै सूचक २१६५.७० अंकमा आएको छ । ३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।