अब बैंकबाट आवासीय कर्जा २ करोडसम्म पाइने

नेपाल राष्ट्र बैंकले आवासीय कर्जा रकमको सीमा बढाएको छ । अहिलेसम्म बैंकहरुले आवासीय कर्जाका रुपमा घर किन्न १ करोड ५० लाख मात्रै ऋण प्रवाह गर्दै आएका थिए । अब भने २ करोड रुपैयाँसम्म आवासीय कर्जा पाउने गरी नयाँ मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

आइतबार आर्थिक वर्ष २०८०–८१ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले २ करोड रुपैयाँसम्म आवासीय कर्जा दिन सकिने नयाँ ब्यवस्था लागु गरेको छ । आवासीय घरकर्जामा जोखिमभार कम हुन्छ ।  घरजग्गामा बैंकहरुबाट प्रवाह हुने कर्जामा राष्ट्र बैंकले केही लचिलो नीति लिने संकेत गरेको छ । 

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ ।