नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।












