नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले वृद्धि भएको हो।
मूल्यवृद्धिसँगै छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार (पुस २५) छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा २१० रुपैयाँले वृद्धि भई चार हजार ९९० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको थियो।
















