सी–पुटिन दुवै मलाई मन पराउँछन् : डोनाल्ड ट्रम्प

Image

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त्रिपक्षीय बैठक गर्नुअघि चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको आफ्नो सम्बन्धप्रति विश्वास व्यक्त गरेका छन्।

ट्रम्पले चीन र रुस दुवै देशका नेताले आफूलाई मन पराउने दाबी गरे। एपेक शिखर सम्मेलनमा ट्रम्पले भने, ‘अमेरिका सयौँ वर्षदेखि प्रशान्त महासागरमा एक शक्ति रहेको छ र हामी सम्पूर्ण क्षेत्रमा विकास, स्थिरता, सार्वभौमिकता, समृद्धि र शान्तिलाई प्रवर्द्धन गर्न काम गरिरहनेछौँ।’

उनले थपे, “हाम्रो सम्बन्ध धेरै बलियो भएको छ।’ यस क्रममा ट्रम्पले अमेरिकाको अर्थतन्त्र ऐतिहासिक रूपमा फस्टाएको दाबी पनि गरे। कृत्रिम बुद्धिमत्ता (एआई) बारे उनले भने, ‘यो लगभग पूर्ण रूपमा राम्रो प्रविधि हो।’

यस क्रममा उनले उनले यस उद्योगको विकासमा बाधा पुर्‍याउने नियमहरूको विरोध गरे।