नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्दै नयाँ कीर्तिमान कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेर नयाँ उच्च विन्दुमा पुगेको छ। महासङ्घका अनुसार चाँदी तोलामा ३ सय १५ रुपैयाँले बढ्दै ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।















