आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

Image

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सकारात्मक देखिएको छ। आइतबार नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको छ।

आज ३३८ कम्पनीका कुल १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ रुपैयाँमा कारोबार भएका छन्। आज बाहेक सबै क्षेत्रका शेयर मूल्य बढेका छन्।

आज सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रो र गोर्खा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। यस्तै, थ्री स्टार हाइड्रोको शेयर सबैभन्दा बढी ८.७८ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी कारोबार मन्जुश्री फाइनान्समा भएको छ, जसको कारोबार रकम ५३ करोड १६ लाख रुपैयाँ बराबर रहेको छ। त्यसैगरी एसवाई प्यानलमा ३७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।