सेयर बजारमा सामान्य ‘करेक्सन’, कारोबार १६ अर्ब नाघ्यो

Image

आज सेयर बजारमा सामान्य करेक्सन देखिएको छ। नेप्से परिसूचक सोमबार ३.०७ अंकले घटेर २,७६९.०९ विन्दुमा पुगेको छ।

नेप्सेमा आज ३३२ कम्पनीका ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ रुपैयाँमा कारोबार भएका छन्। आज होटल्स, हाइड्रो, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रका शेयर मूल्य घटेका छन्।

आज एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी विकास बैंक र माउन्टेन हाइड्रोको शेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ९.९१ प्रतिशतले बढेको छ।

यसैबीच नेशनल हाइड्रोको शेयर सबैभन्दा बढी ३.१२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर्स शीर्ष स्थानमा रह्यो। कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसपछि अन्खुखोला जलविद्युत् कम्पनीको ५६ करोड १६ लाख, मञ्जुश्री फाइनान्सको ५२ करोड र एसवाई प्यानलको ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको बजार करेक्सन भए पनि कारोबार रकम उच्च रहेको छ, जसले लगानीकर्ताको आकर्षण कायम रहेको देखाउँछ।