लगातार बढिरहेको सुनको मूल्य मंगलबार (माघ १३) पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।
यससँगै सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि सोमबार (माघ १२) सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ६ हजार ७६५ रुपैयाँ थियो।















