भारतबाट पेट्रोल डिजेल र मटिट्तलेको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर साढे आठ रूपैयाँ र डिजेलमा सात रूपैयाँ बढेर आएको छ। ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँ घटेको छ ।
त्यस्तै, मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ ५० पैसा मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार यो मूल्य अभिवृद्धि कर नजोडिएको दर हो । मूल्य बढ्दा कर बापतको रकम बढ्ने र घट्दा घट्ने भएकोले पेट्रोलियम पदार्थको मूल्य थप केही बढ्नेछ ।
त्यसबाहेक निगमले गत आर्थिक वर्षदेखि स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ । यही कारण अब पेट्रोलियमको मूल्य बढ्ने भएको छ ।












