नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले घट्दै २६८३.१५ विन्दुमा बन्द भएको हो।
आजको कारोबारमा ३२२ वटा कम्पनीका एक करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँ पुगेको छ।
कारोबार भएका समूहमध्ये होटल्स, उत्पादन तथा म्युचुअल फण्ड समूह बाहेक सबै समूहको सेयर मूल्य घटेको छ।
आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एचएलआई लार्ज क्याप फण्डको सेयर ९.९५ प्रतिशतले बढेको छ। यता, सान्भी इनर्जीको सेयर मूल्य सबैभन्दा बढी ४.६३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एसवाई प्यानल्सको सेयर ५९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, अन्खु खोला जलविद्युत कम्पनीको सेयर कारोबार ४१ करोड रुपैयाँ पुगेको छ।
















