नेपाली बजारमा आज बुधबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। मंगलबार प्रतितोला तीन हजार सात सय रुपैयाँले बढेको सुनको मूल्य आज थप १४ हजार चार सय रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँ थियो।
यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला पाँच हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार छ सय रुपैयाँमा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६५ रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
















