साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ। अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज १.६४ अंकले घट्दै नेप्से परिसूचक २६८१.५० विन्दुमा बन्द भएको हो।
कारोबार रकमका आधारमा पनि बजारमा गिरावट देखिएको छ। अघिल्लो दिन ८ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ७ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
आज कुल ३२६ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
कारोबारका क्रममा कालिञ्चोक दर्शन लिमिटेड, सुपरमाई हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो।
समग्रमा बजारमा उतारचढाव कायमै रहे पनि लगानीकर्ता अझै सतर्क देखिएका छन्।
















