स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि घट्यो

Image

स्थानीय बजारमा आज फेरि सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला १४ हजार ५०० रुपैयाँले बढेर ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको सुन आज ९ हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। अघिल्लो दिन प्रतितोला २६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँ पुगेको चाँदी आज ६२० रुपैयाँले घट्दै ४ हजार ९८० रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावको असरका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर परिवर्तन देखिँदै आएको व्यवसायीहरू बताउँछन्।