नेपाली बजारमा आइतबार सुनको मूल्यमा एकाएक ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला साढे ९ हजार रुपैयाँले बढेको हो।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३०० रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूले बताएका छन्।















