राष्ट्रिय सभा अध्यक्ष पदका लागि बुधबार भइरहेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत मात्रै खसेको छ । अध्यक्षको निर्वाचनका क्रममा शर्माको पक्ष विपक्षमा भएको मतदानको परिणाम राष्ट्रिय सभाको बैठकमा सार्वजनिक गरिएको हो।
शर्मालाई अध्यक्ष बनाउन गरिएको प्रस्तावबारे भएको मतदानका क्रममा ५६ जना उपस्थित हुँदा १७ जना मात्रै पक्षमा उभिएका हुन्। यससँगै उनलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन गरिएको प्रस्ताव राष्ट्रिय सभाको बैठकबाट अस्वीकृत भएको छ।
शर्मालाई नेपाली कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादीका १ जना मात्रै सांसदले मतदान गरेका छन्। जम्मा ५९ सदस्य रहेको राष्ट्रिय सभामा १८ सांसद रहेको माओवादी पहिलो दल हो। एमाले १० र नेकपा एकीकृत समाजवादीका ८ सांसद छन्। यस्तै, जसपाको ३ जना छन्।
राष्ट्रिय सभाको अध्यक्षमा अर्का उम्मेदवार नारायण प्रसाद दाहाल छन् । दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार छन् ।