राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुदूरपश्चिमको राजधानी धनगढीमा चुनावी सभा आयोजना गर्दैछ। ‘परिवर्तन उद्घोष सभा’ नाम दिइएको उक्त कार्यक्रममार्फत पार्टीले चुनावी अभियानलाई तीव्रता दिन लागेको हो।
कार्यक्रमलाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने मंगलबार नै सुदूरपश्चिम पुगिसकेका छन्। सभा अघि उनले बुधबार कञ्चनपुर–२ र ३ क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा सहभागिता जनाएका छन्।
धनगढीमा हुने सभालाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रास्वपा सुदूरपश्चिमका नेता हरि रेग्मीका अनुसार शाह धनगढी पुग्ने तयारीमा छन्।
धनगढीको सभामा सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थिति रहने जनाइएको छ। पार्टीले परिवर्तन र सुशासनको एजेन्डासहित मतदाता समक्ष जाने रणनीति बनाएको बताइएको छ।















