रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार

Image

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिको केही समिति सभापति उम्मेदवार टुंग्याएको छ । बिहीबार मध्याह्न संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवार टुंगो लगाएको हो ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् ।प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

रास्वपाले टुंग्याएका समितिका सभापतिका उम्मेदवार

कानून, न्याय तथा मानवअधिकार समिति– समीक्षा बाँस्कोटा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

पूर्वाधार विकास समिति– आशिष गजुरेल

महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी

राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– डा. ओवस्वी शेरचन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्निमा उदास

अर्थ समिति– कृष्णहरी बुढाथोकी

संसदीय सुनुवाइ–बोधनारायण श्रेष्ठ

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति – गणेश कार्की