संसदीय समितिको सभापतिमा एमाले र नेकपाको उम्मेदवारी

Image

संघीय संसद् अन्तर्गतको संयुक्त समिति र प्रतिनिधि सभाको विषयगत समितिमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उम्मेदवारी दिएका छन्।

बिहीबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पुगेर दुवै दलका सांसदले दुई वटा समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एमालेबाट गुरु बरालले उम्मेदवारी दर्ता गराएका छन्। बरालको प्रस्तावकमा नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) रहेकी छन्।

त्यस्तै, संघीय संसदको संयुक्त समितिको राज्यका निर्देशक सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेकपाबाट मदनकुमारी शाह (गरिमा) ले उम्मेदवारी दिएकी हुन्। उनको प्रस्तावकमा जनकराज जोशी र समर्थकमा पुष्पराज कँडेल रहेका छन्।