झापा ५ र सर्लाही ४ मा एकले अर्कोलाई सघाउने गरि शुरु भएको काँग्रेस एमालेबीचको छलफल अन्ततः ७ निर्वाचन क्षेत्रमा एकले अर्कोलाई सघाउँने सहमति गरेर टुंगिएको छ । जीत निकाल्न चुनौतिदेखिएपछि भएको कांग्रेस–एमालेबीच गोप्य सहकार्य भने चुनावको अघिल्लो दिनसम्म गोप्य राखिनेछ । जसअनुसार झापा, दाङ, रुपन्देही र भक्तपुरमा काँग्रेसले एमालेलाई र चितवन, सर्लाही र तनहुँमा एमालेले काँग्रेसलाई सघाउँनेछ । ४ क्षेत्रमा कांग्रेसले एमाले र ३ क्षेत्रमा एमालेले काँग्रेसलाई सघाउँनेगरि भएको यो सहमतिमा काँग्रेस उपसभापति बिश्वप्रकाश शर्मा र एमाले महासचिव शंकर पोखरेलले समेत हस्ताक्षर गरेका छन ।
सम्झदारी अनुसार झापा–५ मा कांग्रेसले एमाले उम्मेदवार केपी शर्मा ओलीलाई सहयोग गर्नेछन भने चितवन–२ मा एमालेले नेपाली कांग्रेसका मिना खरेललाई सहयोग गर्नेछ । त्यस्तै सर्लाही–४ मा एमालेले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई सहयोग गर्ने समझदारी छ भने तनहुँ १ मा एमालेले काँग्रेसका उम्मेदवार गोबिन्द भट्टराईलाई सहयोग गर्ने सहमति बनेको छ । उता नेपाली काँग्रेसले एमालेका दाङ–२ मा कांग्रेसले एमालेका उम्मेदवार शंकर पोखरेलाई र रुपन्देही २ मा बिष्णु पौडेललाई समर्थन गर्ने उल्लेख छ । यस्तै भक्तपुर २ मा पनि नेपाली काँग्रेसले महेश बस्नेतलाई सहयोग गर्न आश्वसन मौखिक रुपमा सभापति थापाले गरेपनि सहमितपत्रमा भक्तपुर २ बारे उल्लेख छैन ।
यो सहमतिलाई तत्काल सार्वजनिक नगर्ने निर्णय दुवै दलका शीर्ष नेतृत्वले गरेका छन्। सहमति सार्वजनिक भए कार्यकर्ता तथा समर्थकबीच असन्तुष्टि उत्पन्न हुन सक्ने भन्दै यसलाई गोप्य राखिएको बताइन्छ। स्रोतका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारलाई समेत चुनावको अघिल्लो रात मात्र यसको जानकारी गराउने समझदारी दुवै नेताबीच भएको छ।
एमालेका कार्यकर्ताले यो सहमति अनुसार पार्टी च्यानलमार्फत हुने सर्कुलर कार्यन्यवन गर्ने देखिएपनि काँग्रेसका मतदाताले यसको अवज्ञा गर्ने सम्भवना भने ज्यादाँ देखिन्छ । यस्तो अवस्थामा मत विभाजनको समीकरणका कारण उल्लेखित केही क्षेत्रमा कांग्रेसले थप फाइदा लिन सक्ने देखिन्छ । तर, एमालेका उम्मेदवारलाई भने यो सहमतिले ती क्षेत्रमा नतिजा निकाल्न सक्ने सम्भावना अझै नरहेको ग्राउण्डको बिश्लेषणबाट देखिन्छ ।
















