स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो। आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
यसअघि गत शुक्रबार सुन तोलाको तीन लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो दिन सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आइतबार चाँदी तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार भने चाँदी तोलाको पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा विनिमय दरमा आएको उतारचढावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य दैनिक रुपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।
















