नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बिहीबार पनि सुनको भाउ प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको थियो, जसले गर्दा दुई दिनमै सुनको मूल्यमा ठूलो गिरावट आएको देखिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ सय १५ रुपैयाँले घट्दै ४ हजार ८ सय ९५ रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔंस ४ हजार ७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा समेत परेको बताइएको छ।













