राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका बेला आफूले कारागारबाट बाहिर निस्कन अस्वीकार गरेको बयान दिएका छन्।
गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष लामिछानेले भदौ २३ गते कारागारको अवस्था सामान्य नै रहे पनि २४ गते आफूलाई कारागारका नाइकेहरूले बोलाएर बाहिर निकाल्न खोजेको बताएका छन्।
उनका अनुसार ठूलो भीड जम्मा भएको र पार्टीको जिम्मामा पठाउनुपर्ने अवस्था देखिएको थियो। लामिछानेले भने, “तथापि जेल प्रशासनले भीडलाई म स्वयंले सम्झाउन सक्ने भन्दै पटक–पटक आग्रह गरेपछि म कारागार प्राङ्गणमै रहेर भीडलाई सम्बोधन गर्न तयार भएँ। प्रहरी आत्तिएको अवस्थामा भीडले मलाई धकेल्दै बाहिर पुर्यायो।”
लामिछानेको बयानले जेनजी आन्दोलनको घटनापछि कारागार व्यवस्थापन र भीड नियन्त्रणमा देखिएका चुनौतीहरूलाई उजागर गरेको छ।















